लायन्स क्लब अफ बागलुङद्वारा बाढी पीडितका लागि राहत हस्तान्तरण

बागलुङ । ढोरपाटन नगरपालिकाको बोवाङ क्षेत्रमा आएको बाढी पहिरोबाट पीडित परिवारका लागी सहयोग प्राप्त हुने क्रम जारी छ । यसैक्रममा लायन्स क्लब अफ बागलुङ (वि वान ३२५) व्दारा बुधबार बाढी पहिरोका कारण ज्यान गुमाएका तथा घर गुमाएका पीडित परिवारका निम्ती त्रिपाल, चामल, लत्ता कपडा, खाध्यान्न हस्तान्त्रण गरिएको हो ।

ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रमका अवसरमा त्रिपाल बल्याँकेट, चामल, नुन, तेल र दाल नगरपालिका प्रमुख देवकुमार नेपालीलाई हस्तान्त्रण गरिएको थियो ।

क्लबको तर्फदेखि बागलुङका अध्यक्ष काजिमान गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमका ढोरपाटन नगर उपप्रमुख कर्मती पुन, बुर्तिबाङ शाखा लायन्स क्लब संयोजक रितुवर्ण पौडेल लगाएतको उपस्थितिमा नगरपालिका कार्यालयमा राहात हस्तान्त्रण गरीएको थियो ।

जहाँ आवस्यकता त्यहाँ सेवा भन्ने उदेश्य सहित सञ्चालित क्लबले आफुहरुले यहाँका पिडितहरुको तथ्याँक सँकलन गरी सँस्थाको केन्द्रिय कार्यालयमा जानकारी गराइसकेपछि मात्र आफुहरुले राहातका सामाग्रि लिएर आएको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?