बागलुङ पहिरो, एकको मृ’त्यु, एक बेपत्ता, ७ जना ग’म्भीर

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुर्दा एक बृद्धको मृ’त्यु भएको छ ।
कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृ’त्यु भएको हो।

उनका ७० वर्षीय श्रीमान मणिभद्र पाध्या ग’म्भीर घाइते भएका छन्। पाध्यालाई स्थानीयले पहिरोबाट उद्धार गरेका थिए। बागलुङ कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तार जालीसहितको पहिरोले टुनीवोटका ३ घरमा क्षति पुर्‍याएको स्थानीय केदार पौडेलले बताए। आइतवार बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पुर्‍याएको छ।

पहिरोको थप विवरण आउन बाँकी छ। प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ। घाइते पाध्यालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ।  यसै गरी जैमिनी नगरपालिका–५ बिनामारेको सिम्लेमा पहिरोले एक घर पुरेको छ।

सिम्लेका निलकण्ठ पौडेलको घर पहिरोले पुर्दा परिवारका ६ जना ग’म्भीर घाइते भएका छन्। पहिरोमा परी पौडेलकी आमा ७० वर्षीया जालपा देवि पौडेल बेपत्ता भएको प्रहरी निरीक्%7क हेम केसीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?