कौशिला अधिकारीको कविता गाउँको बाटो


 

शिर्षक : गाउँको बाटो 

खाल्डाखुल्डि परेको,पानी जमेको,धुल्लै धुलो उडेको छ गाँउको बाटो
पहाडि भेगमा न सडक न यातायत को साधन पुगेको छ गाँउको बाटो

सडक कालो पत्रे गर्छु भन्दै भोट मागि चुनाव जितेको गाँउको बाटो
नेताले कालो पत्रे त के हिडने जस्तो बनाएका छैनन गोरेटो गाँउको बाटो

मान्छे मर्दा लास जलाउन जाँदा दुई जना हिड्ने छैन गाँउको बाटो
नेताले भाषणमै सिमित राखे बिकास गर्छु भनी गाँउको बाटो

भोट माग्न जाँदा यहाँदेखि यहाँ सम्म बिकास गर्ने छु भने गाँउको बाट‍ो
आजभोलि तिनै नेता हिड्न छाडे त्यहि चुनाव जितेको गाँउको बाट‍‍ो

एकजना महिलाको मृत्यु भयो साधन स्रोत नपाएर गाँउक‍ो बाटो
उनी खसिन रुखबाट उपचारमा लिने सडक नभएर गाँउक‍ो बाटो

चिरैचिरा परेको छ पानी बगेको खोला जस्तो गाँउको बाटो
कहिले होला तारजाली ढुङगाले भरी बिकास हुने गाँउको बाटो

आएको बजेट नेताले च्वाप्पै पारे बिकास हुदैँन गाँउको बाटो
नेताले भुँडी भरि सके जस्तो थियो उस्तै छ गाँउको बाटो

अहिले सम्म यसलाई जिताए पछि बिकास हुन्छकी गाँउको बाटो
चुनाव जिते पछि नेता फर्केर आउदैँनन त्यहि गाउँको बाटो

नेतालाई पक्कै धिक्कार ने छ हाम्रो गाँउको बाटो
स्वच्छ हावा, स्वच्छ वातावरण प्यारो गाँउको बाट‍ो

कौशिला अधिकारी, तातापानी सुर्खेत 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?