मुक्तक दोहोरी


सगरमाथा साहित्यको म्यासेन्जर समुहमा खेलिएको मुक्तक दोहोरी हामीले यहाँ प्रकाशित गरेका छौँ । पढेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला ।

मुक्तक
बुझ्नु भन्दा पनि झन बुझाउन गाह्रो रैछ
झुठभन्दा सत्य वचन बुझाउन गाह्रो रैछ
बरु पशुलाई एक छाक खान देउ सन्तुष्ट हुन्छ
यी मान्छे भन्नेको मन बुझाउन गाह्रो रैछ
सलिना मगर
अर्घाखाँची

मुक्तक
नपराउ कसैलाई मन पाप लाग्छ
सबै यहाँ सज्जन छन् पाप लाग्छ
मन राखेकै मान्छेले बोली मन पराउन्न
अरु सँग त्यस्तो भने त झन पाप लाग्छ
राज परिवर्तन
दैलेख

मुक्तक
कुराहरु कामहरु बिथोल्न त सजिलो छ
अनि मनका भावहरु खोल्न त सजिलो छ
सम्बन्धलाई जिवनभर निभाउन पो गाह्रो हो
मन पराउछु,माया गर्छु बोल्न त सजिलो छ
सलिना मगर
अर्घाखाँची

मुक्तक
आफैं थाहा पाउथ्यौ मेरो भर परिनौ अरु के भनौं
विश्वास गर भनेकै त हो गरिनौ अरु के भनौं
सम्बन्ध निभाउदा निभाउदै मर्नै परे मरिदिन्थे
तिमीले सम्बन्ध जोड आँट गरिनौ अरु के भनौं
राज परिवर्तन
दैलेख

मुक्तक
आफै सोच्नु दुनियाको भर पनि त छैन
फेरि माया प्रेम लाउने रहर पनि त छैन
कसैले तिम्लाई माया गर्नु स्वभाविकै हो
उसलाई तिम्ले माया गर्न कर पनि त छैन
सलिना मगर
अर्घाखाँची

मुक्तक
जबर्जस्ती प्रेम सम्बन्ध जोड्न रहर लाग्दैन
किनकि हर मान्छेलाई हर कोहीको भर लाग्दैन
मन पराए माया लाए आखिर के गल्ती भो र
नजिस्काउ तिम्रो घरबाटै उठाउन पनि डर लाग्दैन
राज परिवर्तन
दैलेख

मुक्तक
मुखझै गोडाले जगत धाउनु बच्चाको खेल होइन
आफ्नो मर्जीले भाग्य लेखाउनु बच्चाको खेल होइन
आफ्नै मर्जीले त मान्छेलाई लैजान सकिदैन
जबरजस्ती मान्छे उठाउनु बच्चाको खेल होइन
सलिना मगर
अर्घाखाँची

मुक्तक
मन पराउदाँ पराउदै टाढा सरेको मान्छे
डराउन्न साचो मनले माया गरेको मान्छे
डर पटक्कै छैन मनमा तिम्रो माया मात्रै
उठाउन नि केही मान्दैन प्रेममा परेको मान्छे
राज परिवर्तन
दैलेख

मुक्तक
खाली बकबक गरिरहने आदत कहाँबाट आउँछ?
ड्रग्सभन्दा पनि खतरनाक लत कहाँबाट आउँछ?
तिम्रो लागी दुनियासँग लड्छु परे मर्छु भन्छ
यो प्रेममा परेको २ दिनमै हिम्मत कहाँबाट आउँछ?
सलिना मगर
अर्घाखाँची

मुक्तक
मलाई तिम्रै बन्ने मन छ के भनु र खै
मायामा बहुत वजन छ के भनु र ख‌ै
जसलाई बर्षौ देखि मन राखेको थिय
उसैले भेटेको दुई दिन भो भन्छ के भनु र खै
राज परिवर्तन
दैलेख

मुक्तक
यो मनले चाहेको जति पुरा हुने छैन
अधुरै रहन्छ रहर कति पुरा हुने छैन
कति साथमा भएको नि गुमेरै त जान्छ
जिन्दगीमा हर प्रगती पुरा हुने छैन
सलिना मगर
अर्घाखाँची

मुक्तक
बनेर हिंस्रक बनेर बागी मरिहत्ते गर्छु
बुझ्दिनौ म त तिम्रै लागि मरिहत्ते गर्छु
सिधै मान्छेउ भने ठिकै छ प्रिय सानु
नभए तिम्रो बिरुद्धमै जागि मरिहत्ते गर्छु
राज परिवर्तन
दैलेख

धन्यवाद ……… ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?