रोल्पा भावाङको सिद्ध बराह महादेवको मन्दिर निर्माणका लागि ब्यक्तिगत सहयोग जुट्दै


राेल्पा । रोल्पाको माडी गाउँपालिका ५ भावाङमा अवस्थित सिद्ध बराह महादेवको मन्दिर संरक्षण तथा निर्माणका लागि स्थानीय सस्था सिद्धपुजे परोपकारी समाज सेवा माडी ५ भावाङले गुरुयोजना सहितको काम अगाडि बढाउने भएको छ।

यस अघि विभिन्न परोपकारी काम गर्दै आएको यस संस्था यसपटक भने सिधै बिकास सङ्ग जोडिएको कामको थालनी गरेकोछ। संस्थाले बिगत केही वर्ष देखि नै यस ठाउको भूगोल तथा इतिहास अध्ययन गरि यस क्षेत्रको बिकासको गुरुयोजना तयार पारेकोछ ।

धार्मिक क्षेत्र भएपनी धर्म सङ्गै पर्यटकीय क्षेत्रको रुपमा बिकास गरि भक्तजन र पर्यटक हरुलाई आकर्षक गर्ने अभियानको मुख्य लक्ष रहेकोछ भने केही महिना अगाडि मन्दिर क्षेत्र भित्रै पत्रकार सम्मेलन गरि योजना सार्बजनिक गरिएको थियो ।

उक्त समयमै माडी गाउँपलिका अध्यक्ष नन्द बहादुर पुनले तत्काल मन्दिर क्षेत्र संरक्षणका लागि ग्याबिङ जाली उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको थियो त्यस्तै पछिल्लो समयमा ब्यक्तिगत सहयोग हरु पनि जुट्दै गएकोछ। त्यस्तै हाल सम्म सहयोग घोषणा भएका विवरण यस प्रकारको रहेको छ।

• कुम्भकर्ण डागी (नेपाल प्रहरी जवान) आफ्नो बुबाको नाममा एक महिनाको तलव।

बमकली खत्री (नेपाल आर्मी जवान) एक महिनाको तलव।

• तारा प्रसाद खत्री (सस्थाका अध्यक्ष) 6 फिट उचाईको शिवको मुर्ति।

• पुवागैरा सा.ब.उ.स. माडी ५ भावाङ मन्दिर क्षेत्र भित्र बन्ने सम्पूर्ण संरचनाको लागी आवस्यक काठ अनुदान।

• भिमलाल डागी (स्थानीय समाजसेवी) मन्दिरमा लाग्ने सम्पुर्ण काठ चिरानी अनुदान।

काम सम्पन्न भए लगत्तै मन्दिर क्षेत्रको बिछ भागमा सहयोग स्मारक निर्माण गरिनेछ र उक्त स्मारकमा १०,००० भन्दा बढी आर्थिक वा भौतिक सहयोग गर्ने सहयोगी हरुको नाम क्रमश राखिनेछ भने ५,०००-१०,००० सम्मको सहयोगलाई डिजिटल बोर्डमा लेखी मन्दिरको सचिवालयमा राखिनेछ। र ५,००० भन्दा कम सहयोगको अभिलेखमा राखिनेछ र सहयोगी सम्पुर्णलाई एक भव्य कार्यक्रमका बिच प्रशङ्सा पत्र सहित सम्मान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?