रोल्पामा तेल बोक्ने ट्याङ्कर दुर्घटना हुदा चालकको ज्यान गयाे


राेल्पा । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्तिमा ट्याङ्कर दुर्घटना भएको हो ।

दुर्घटनामा परि चालक हरबजन सिंहको ज्यान गएकाे छ । नेपालगंज घर भएका ४५ बर्षे चालक सिंहको शब रोल्पा अस्पतालमा राखिएको छ ।

गम्भिर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएकाे रोल्पा अस्पतालले बताएको छ ।

रुपैडियाका सहचालक १९ वर्षिय सुनिल शंकर सामान्य घाइते भएका छन् । उनको निधारमा चोट लागेको रोल्पा प्रहरी प्रवक्ता सन्ताेष केसीले जनाकारी दिएका छन ।

नेपालगंज डिपो बाट रोल्पामा रहेको जलजला पेट्रोल पम्पको तेल बोकेर आएको ट्याङ्कर दुर्घटनामा परेको हो ।

दुर्घटना के कारणले भएको हो भन्ने बारेमा अहिले सम्म केही खुलेको छैन । ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेको प्रहरीले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?