रोल्पामा सिंचाईका लागि चालुवर्षमा साढे ८ करोड बजेट


रोल्पा । रोल्पाको सिँचाइ विकासका लागि चालू आर्थिक वर्षमा ८ करोड ५१ लाख रुपैयाँ बजेट परिचालन गरिने भएको छ । संघीय सरकारको ससर्त कार्यक्रमअन्तर्गत १ करोड ८३ लाख र प्रदेश सरकारको विभिन्न शीर्षकमा ६ करोड ६८ लाख बजेट आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रोल्पाले जनाएको छ ।

यस वर्ष जिल्लामा संघीय सरकारको ७ मध्ये ३ वटा र प्रदेश सरकारको १४ मध्ये ९ वटा सिँचाइ आयोजना सञ्चालनमा रहेको सिँचाइ विकास डिभिजन कार्यालय रोल्पाका प्रमुख पुरुषोत्तम प्रसाद उपाध्यायले बताउनुभयो । यस्तै, प्रदेश सरकारकै बजेटबाट ७ वटा सिँचाइ आयोजना मर्मत गरिनेछ ।

हाल ६ हजार ६ सय ८४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको रोल्पामा चालू आर्थिक वर्षको अन्त्यसम्म थप २ सय १० हेक्टर क्षेत्रफलमा यस्तो सुविधा पुर्याउने लक्ष्य कार्यालयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?