भागरथि बिष्टका पाँच दमदार मुक्तकहरु


१) मुक्तक
एउटा यस्ताे आचरण छ पिंजडा भित्र
थाहा छ सत्य तथ्य हरण छ पिंजडा भित्र
याे प्यार नामकाे पिंजडा कस्ले बनायाे
जाहा पुग्ने बित्तिकै मरण छ पिंजडा भित्र

२) मुक्तक
भ्रष्टाचारको अन्त्य गराउन सक्छु त म भन्न सक्दिन
बेरोजगार लाई राेजगर दिलाउन सक्छु त म भन्न सक्दिन
मैले उठाउन सक्ने आवाज म उठाई रहन्छु सधैंभरि
सबै कुरा निर्मुल बनाउन सक्छु त म भन्न सक्दिन

३) मुक्तक
दुख माथि पनि दुखैकाे दबाब भएपछि
जिन्दगी भर खुशिहरुकै अभाब भएपछि
तिमीलाई पाउन नसक्दा भाग्यलाई दाेष दिएकी हुँ
के गर्ने खै आफ्नै किस्मत खराब भएपछि

४) मुक्तक
याहा ठक्कर लाउनेहरु हाेईन्न पाउनेहरू रुन्छन्
घरिघरि आफ्नाे मन दुखाउनेहरू रुन्छन्
विस्वास नभए आफै घाटमा गएर हेर्ने सक्नु हुन्छ
जल्नेहरू कहिले रुदैन्न जलाउनेहरू रुन्छन्

५) मुक्तक
ठिक छैन देशकाे हालत चिन्ता लाग्छ
गर्ने हुन् कि सहचालक चिन्ता लाग्छ
नेता जति सबै भ्रष्टाचारी भएपछि
अब कस्ले गर्ला र वकालत चिन्ता लाग्छ
भागरथि बिस्ट
थालारा ४ बझाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?