मोरङमा प्रविनले न्याय नपाउँदै फेरी अर्को घटनामा आन्दोलन सुरु, नेताको घरमा छोरा मा रिँदा छानविन भएन भन्दै स्थानियले घेरे प्रहरी कार्यालय (भिडियो हेर्नुस्)


काठमाडौ । सञ्जीप भण्डारी मोरङमा बालवालिका र किशोर किशोरीबिच चर्चित नाम हो । सानै उमेरमा समाजसेवा गर्न रुचाउने भण्डारीको अकस्मात मृत्यु भएको छ ।

उनको पाहुना गएको अवस्थामा निधन भएको हो । यो घटना भएको पनि दुई महिना भन्दा बढी भइसक्यो । तर घटनामा संलग्न भनिएका ब्यक्तिका बारेमा छानविन प्रहरीले नगरेको भन्दै अहिले स्थानियले आन्दोलन सुरु गरेका छन् ।

मोरङको पथरीशनिश्चरे १० जिरिखिम्ती घर भएका बालअधिकारकर्मी सञ्जीप भण्डारीको निधनले प्रश्न उठेको छ । उनको अकस्मात मृत्युप्रति परिवारले शंका गरेका छन् । यसको निष्पक्ष छानविन गरिनु पर्ने परिवारले माग गरेको छ ।

तर दुई महिना बितिसक्दा पनि घटनावारे छानविन सुरु नगरेको भन्दै स्थानिय विरोधमा उत्रिएका हुन् । उर्लावारीका प्रविण वास्तोलाको घटनामा उनको बहिनी सदिक्षा बास्तोलाले उठाएको आवाज पछि अहिले सञ्जिवको लागि पनि स्थानियले आवाज उठाउन थालेका हुन् ।

उनी पथरीशनिश्चरे १० नयाँ मंगलबारेका युवराज वास्कोटाको घरमा पाहुना गएका थिए । बेलुका ठिकै अबस्थाका भण्डारी बिहान मृत भेटिएका थिए ।

उनी बाल सञ्जाल मोरङका पूर्व सदस्य थिए । यस्तै पथरी शनिश्चरे नगरका पूर्व अध्यक्ष रहेका भण्डारी सानै उमेरदेखि बालअधिकारका क्षेत्रमा सक्रिय थिए । सामाजिक सक्रियताका आधारमा उनी प्रदेशमा किशोर किशोरी र बालवालिकामाझ लोकप्रिय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?