लुम्बिनी प्रदेशका दश जिल्लामा एक सय बढी सक्रिय संक्रमित


दाङ । लुुम्बिनी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित संक्रमितको संख्या १ सयमा झरेको छ । प्रदेशको जनस्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा अहिले १२८ जना सक्रिय संक्रमित रहेको देखिएको हो ।

 

प्रदेशका १२ जिल्ला मध्ये रुकुम पूर्व र अर्घाखाँची संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित रहेका १० जिल्ला मध्ये सबैभन्दा बढी सक्रिय संक्रमित रुपन्देहीमा रहेका छन् । रुपन्देहीमा अहिले कोरोनाका सक्रिय बिरामी ३३ जना रहेका छन् ।

त्यसैगरी पाल्पामा २८ जना, दाङमा २६ जना सक्रिय संक्रमित रहेको प्रदेशको जनस्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदकुमार गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी बाँकेमा १७, बर्दियामा १४, नवलपरासी पश्चिममा ४, कपिलवस्तुमा ३ र रोल्पा, प्युठान र गुल्मीमा १÷१ जना सक्रिय संक्रमित रहेको निर्देशक गिरीले जानकारी दिनुभयो ।

प्रदेशमा अहिलेसम्म कोरोनाका कारण ४ सयको मृत्यु भएको छ भने २६ हजार ८०६ जना संक्रमणमुक्त भएका छन् । लुम्बिनी प्रदेशमा अहिलेसम्म २७ हजार ३३४ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?