घोराही सडक पेटीमा व्यापार गर्न रोक लगाउने निर्णय


दाङ । घोराही उपमहानगरपालिकाको बजार क्षेत्रका सडक पेटीमा गरिने व्यापारलाई व्यवस्थित गरिने भएको छ । उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा आज बसेको बजार व्यवस्थापन समिति बैठकले सडकको दाँयाबाँया भागमा फिजेर गरिने कुनै पनि व्यवसायलाई अब रोक लगाउने निर्णय गरेको हो ।

त्यसका लागि समितिले फलफुल तथा तरकारी व्यवसाय सञ्चालन गर्ने उपयुक्त बजार व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ । सडक मिचेर दाँयाबाँदा गरिदै आएका फुथपाथमा हुने व्यवसायलाई अनेत्रै सार्ने र सडक पेटीमा अब व्यवसाय सञ्चालन गर्न नदिने निर्णय भएको हो ।

सडक व्यापारले दुर्घटनाको जोखिम बढेको, सुन्दरतामा ह्रास आएकाले नगर क्षेत्र भित्रका बजारमा सडक मिचेर व्यवसाय गर्न नदिने निर्णय भएको हो । तर गाउँबाट उत्पादन गरेर ल्याएका डोको र छिटुवाको तरकारीलाई भने विहान ९ बजे सम्म मात्रै विक्रि गर्न दिने समेत निर्णय भएको छ ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सटर भाडामा लिएर पसल सञ्चालन गरेकाहरुलाई पनि सडक पेटीमा समान राख्न नदिने निर्णय भएको छ । एक साता भित्र सडक पेटीमा पसल गर्दै आएकाहरुलाई आफ्नो व्यवस्थापन गर्न समेत समितिले समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?