घोराहीको कपास उद्योगमा आगलागी, २० लाख भन्दा बढीको क्षती


दाङ । दाङमा आगलागीका घटना बढ्न थालेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ प्रगतिनगर टोलमा रहेको राप्ती कपास उद्योगमा पनि आगलागी भएको छ । सोमबार साँझ करिब ४ बजे विद्युत शर्ट भएर सुकलाल रावतले सञ्चालन गरेको उद्योगमा आगलागी हुँदा २० लाख भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ।

जिल्लामा आइतबार र सोमबार मात्र भएका तीन वटा आगलागीको घटनामा करिब ४० लाख भन्दा बढीको क्षेती भएको छ। आइतबार देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुरमा ३ वटा घर र २ गोठमा आगलागी भएको थियो ।

जसमा २० लाख भन्दा बढीको क्षेती भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । आइतबार साँझ ६ बजेतिर आगलागी हुँदा कर्ण बहादुर रानाको घर र गोठ, उहाँको आमाको घर र सोही ठाउँ निवासी मनिराम रिजालको घर र गोठमा आगलागी भएको थियो ।

त्यस्तै सोमबार देउखुरी क्षेत्रकै राप्ती गाउँपालिका वडा नम्बर १ खुकौलीमा एक घर र गोठमा आगलागी भएको छ । दिउँसो करिब १२ बजेको समयमा अकस्मात घर र गोठमा आगलागी भएको प्रवक्ता रिजालले बताउनुभयो । उक्त आगलागीबाट करिब ३ लाख बराबरको क्षेती भएको छ ।

यसरी जिल्लामा दुई दिनमा भएको आगालागीमा ४० लाख भन्दा बढीको क्षेती भएको अनुमान गरिएको प्रहरी नायव उपरिक्षक रिजालले बताउनुभयो ।

उहाँले आगलागी हुनबाट रोक्नका लागि घरपरिवारले ध्यान दिनु पर्ने बताउनुभयो । यसै त यो सयम भनेको आगलागी हुने समय हो उहाँले भन्नुभयो, घरपरिवार नै सचत हुन सकियो भने यस्ता घटनाबाट रोक्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?