ओलीले राजीनामा दिए देशले राजनीतिक निकास पाउँछ : केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर राजनीतिक निकास दिन आग्रह गरेको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गरेर एमाले र माओवादी केन्द्रलाई ब्यूँताएर सर्वोच्चले राजनीतिक अन्यौलता सिर्जना गरेको र यस्तो अन्यौलताको अन्त्यको लागि ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

‘जटिल समस्या र अन्यौलपूर्ण स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएर यो समस्यालाई निकास दिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ। देशको राजनीति जटिल अवस्थामा पुग्नुको प्रमुख कारण केपी ओलीको व्यक्तिवादी, अराजक कार्यशैली जिम्मेवार रहेको राष्ट्रिय जनमोर्चाको ठहर छ।

नेकपा विवादबारे सर्वोच्च अदालतले गरेको फैसलापछि उत्पन्न परिस्थितिपछि नेकपा एकीकरण गरेर वा त्यसका दुई घटकबीच कार्यगत एकता गरेर सरकार गठन गर्नु नै उपयुक्त विकल्प हुने उनको भनाइ छ। नेकपाको विभाजनसँगै गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमा गम्भीर खतरा पैदा हुनसक्ने तर्फ पनि अध्यक्ष केसीले ध्यानाकर्षण गराएका छन्।

सर्वोच्च अदालतको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संगठनात्मक एकता भई निर्माण भएको नेकपा (नेकपा) को वैधानिकता समाप्त भएको भन्दै विज्ञप्तिमा भनएिको छ, ‘प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी तरिकाले संसदको विघटन गरेर देशमा एक प्रकारको राजनीतिक अस्थिरता, अन्यौल र प्रतिगामी खतरा उत्पन्न भएको थियो। त्यस विषयमा सर्वोच्च अदालतले दिएको निर्णयले संसदको पुनर्स्थापना भएको थियो। त्यो सकारात्मक कुरा थियो।’

अहिले नेकपाको वैधानिकता समाप्त भएको अवस्थामा संसदमा कुनै पनि पार्टीको बहुमत नरहेको र त्यो स्थितिमा झन् राजनीतिक र कानुनी जटिलता थपिएको जनमोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =