नारी दिवसका अवसरमा महिला सशक्तिकरण सम्बन्धी दाेहाेरी प्रतियोगिता (फोटो फिचर)

राेल्पा । नारी दिवसका अवसरमा माडी गाउँपालिका ५ भावाङ राेल्पाकाेले महिला सशक्तिकरण सम्बन्धी दाेहाेरी प्रतियोगिता आयोजना गरिएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गरिएको हो । माडी–५ स्थित बाल ज्याेति प्राथमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना भएको थियो ।

वडा कार्यालयले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ ।  महिला समाजका हरेक पक्षमा सबल रहेको देखाउनुको लागि यस प्रकारको प्रतियोगिता आयोजना गरिएको माडी गाउँकार्यपालीका सदस्य तथा वडा सदस्य सविना घर्ति मगरले जानकारी दिनुभयाे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?