दिगो वन व्यवस्थापन आवश्यक : अध्यक्ष सुवेदी

दाङ । वन क्षेत्रमा लैगिक तथा सामाजिक समावेशीकरणका बिषयमा आज घोराहीमा अन्तरक्रिया गोष्ठी आज घोराहीमा सम्पन्न गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा संचारिका समूह लुम्बिनीको आयोजनामा गोष्ठी गरिएको हो ।

सामुदायिक वन महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदीको अध्यक्षतामा गरिएको गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले सामुदायिक वनको संरक्षणमा महिलाहरुले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

राज्यले बनाएको निति र कार्ययोजना अनुसार दिगो वन व्यवस्थापन कार्यान्वयन हुन आवश्यक रहेको उहाँले बताउनु भयो । अझैपनि बहिर देशबाट काठ आयात हुने गरेको तर देशभित्रका वनको प्रयोग हुन नसकेको उहाँले बताउनु भयो ।

सामुदायिक वन समूहले वनको संरक्षण र प्रयोगमा दिगो वन व्यवस्थापन लागु गर्न आवश्यक रहेको सामुदायिक वन महासंघ दाङका अध्यक्ष सुवेदीले बताउनु भयो । यस्तै डिभिजन बन कार्यालय दाङका साहयक वन अधिकृत भक्तबहादुर चौधरीले दाङमा ६४ वटा सामुदायिक वनको नेतृत्व महिलाहरूले सकृयताकासाथ गरिरहेको बताउनुभयो ।

अन्तरक्रिया गोष्ठीमा सामुदायिक वन महासंघ दाङका कोषाध्यक्ष कमलराज पोखरेल, हिमवन्ती नेपाल दाङका अध्यक्ष राधा आचार्य, स्थानीय वन महासंघ दाङका अध्यक्ष कर्णबहादुर बुढाले बन क्षेत्रमा लैगिक तथा सामाजिक समावेशीकरणलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने बताउनु भएको हो ।

गोष्ठीको सहजिकरण संचारिका समूह लुम्बिनीका महासचिव अमृता अनमोलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?