सुनछहरी गाउँपालिकामा महिला दिवसको अवसरमा जनचेतनामुलक लोकदोहोरी प्रतियोगिता सम्पन्न

राेल्पा । महिलाको सुरक्षा ,सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुलनाराका साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवस सुनछहरी गाउँपालिकामा मनाइएको छ।

गाउँपालिका उपाध्यक्ष पबित्रा घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका ७ वटा आमा तथा महिला समुहहरुको सहभागिता रहेको थियो।उक्त कार्यक्रममा नारी हकहित संरक्षण सम्बन्धि जनचेतनामुलक लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा प्रथम बजुधुरी आमा समुह सुनछहरी गाउँपालिका-५ पोबाङ,दोस्रो फुलबारी आमा समुह सुनछहरी गाउँपालिका -७ खिबाङ,तेस्रो बजुधुरी स्वास्थ्य आमा समूह सुनछहरी गाउँपालिका -५थनबाङ,चौथो लालिगुरास आमा समूह सुनछहरी गाउँपालिका-३ बाहिरीगाम बिजेता भएका छन् ।

कार्यक्रममा बिजय समुहले प्रथम स्थान हासिल गर्नेले ३५ सय,दोस्रो स्थान हासिल गर्नेले २५ सय,तेस्रो स्थान हासिल गर्नले १५ सय र चौठो स्थान हासिल गर्नेले १ हजार र प्रत्येक सहभागी समुहले प्रोत्साहन स्वरुप ५ सय रुपैयाँ दिइएको महिला तथा बालबालिका शाखा अधिकृत धनिशा पुनले जानकारी दिनु भयो ।

कार्यक्रम समापन तथा पुरस्कार वितरण गर्दै उपाध्यक्ष घर्तीमगरले भन्नू भयो ” महिलाहरु विभिन्न बलात्कार लगाएत घरायसी हिंसाको सिकार भएको बताउदै महिलाहरुले महिलाहरु कै जीवनमा समस्या पारेको अब गाउँपालिकाले पनि महिला हिंसा सम्बन्धि केशमा कानुन तथा नियममा रहेर महिला हिंसाको केशहरु हल गर्ने बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?