नेपाल चेम्बर अफ कमर्शद्वारा समाजसेवी तथा राजनीतिकर्मी रानालाई सम्मान

दाङ । दाङ घोराहीकी समाजसेवी तथा राजनीतिकर्मी कृष्णा रानालाई नेपाल चेम्बर अफ कमर्शले आफ्नो ७०औं स्थापना दिवसको अवसरमा विशेष सम्मान गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ की वडा सदस्यसमेत रहनु भएकी रानालाई जिल्लाको सामाजिक, आर्थिक विकासका लागि गरेको काम तथा राजनीतिक क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै चेम्बरले आज विशेष समारोहका बीच सम्मान गरेको घोराही चेम्बर अफ कमर्शकी अध्यक्ष मञ्जु बज्राचार्यले जानकारी दिनुभयो ।

महिलाहरुले पनि घरपरिवारसँगै सामाजिक क्षेत्र तथा राजनीतिक क्षेत्रमा उल्लेख्य योगदान दिन सक्छन् भन्ने प्रेरणाको श्रोत राना रहेको अध्यक्ष बज्राचार्यले बताउनुभयो । जिल्लाको प्रतिनिधित्व गर्दै उपराष्ट्रपति ज्यूको हातबाट यति ठूलो सम्मान पाउनु सबैका लागि गर्वको विषय भएको अध्यक्ष बज्राचार्यले प्रतिक्रिया दिनुभयो ।

यस्तै, नीजि क्षेत्रको सबैभन्दा पुरानो संस्था नेपाल चेम्बर अफ कमर्शले कामको मुल्यांकन गर्दै आफुलाई सम्मन गरेको रानाले धन्यवाद दिनुभएको छ ।

चेम्बरले आफ्नो ७० औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनको बाहुलीबाट रानालाई सम्मान गरेको हो । वडा नम्बर १५ निवासी रानाले सामाजिक विकासका लागि विभिन्न खालका कार्यक्रममा सक्रिय सहभागीता जनाउँदै आउनुभएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =