माडी गाउँपालिकामा ८ सय १ जना ज्येष्ठ नागरिकले लगाए काेराेनाविरुद्धको खोप

राेल्पा । माडी गाउँपालिकामा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई काेराेनाविरुद्धको खोप लगाइएकाे छ । मंगलवार ८ सय १ जना ६५ बर्ष माथिका जेष्ट नागरिकलाई काेराेना विरूद्धको खाेप लगाइएको हो ।

गाउँपालिका अन्तर्गत सबै वडामा खोप कार्यक्रम चलाइएको माडी गाउँपालिका स्वास्थ्य प्रमुख इश्वरी प्रसाद गाैतमले जानकारी दिनुभयाे ।

गाउँपालिमा खोप लगाउन योग्य जेष्ठ नागरिकहरुको संख्या ९ सय ४७ रहेको मध्य हालसम्म ८ सय १ जनाले खोप लगाईसकेका छन् । बाँकी छुटेका खोप लगाउन योग्य ६५ बर्ष माथीका जेष्ट नागरिकहरूलाई सम्बन्धित वडाकाे स्वास्थ्य चाैकीमा सम्पर्क राखे खोप उपलब्ध गराइने स्वास्थ्य प्रमुख गाैतमले जानकारी दिनुभयाे ।

नेपाल सरकारले दोस्रो चरणको खोप अभियान अन्तर्गत देशैभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्दै आएको छ। सरकारले हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई १० गते सम्म खोप प्रदान गर्ने भएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =