लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा देउखुरीमै गर्ने तयारी

दाङ । लुम्बिनी प्रदेश सरकारले अबको दुई महिना भित्रमा देउखुरीमा प्रदेश सभा संचालनको तयारी थालेको छ । राप्ती गाउँपालिकाको मौरीघाटमा रहेको राप्ती प्राविधिक शिक्षालय क्षेत्रमा अस्थायी संरचना तयार पारेर प्रदेश सभा संचालन गर्ने तयारी भएको लम्बिनी प्रदेश सभा सदस्य ईन्द्रजीत थारुले जानकारी दिनुभयो ।

उहाँले राप्ती गाउँपालिका, राप्ती प्राविधिक शिक्षालय र प्रदेश पुर्वाधार प्राधिकरणसंगको छलफलमा ढिलोमा आगामी बैशाखसम्ममा राप्ती उपत्यकामा प्रदेश सभा संचालन गर्ने गरी अघि बढाइएको बताउनुभयो ।

गत असोज २० गते प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएको प्रदेश सभाले स्थायी राजधानीमा अस्थायी संरचना निर्माण गरेर भएपनि सचिवालय राखेर प्रदेश सभा संचालन गर्ने तयारीमा जुटेको प्रदेश सभा सदस्य थारुको भनाई छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ बजेट अधिवेशन राप्ती उपत्यकाबाट संचालन गर्ने योजनाका साथ काममा खटिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?