तुलसीपुरमा एक शिक्षकलाई बालिकामाथि र्दुव्यवहार गरेको आरोप

दाङ । दाङको तुलसीपुरमा एक शिक्षकलाई बालिकामाथि र्दुव्यवहार गरेको आरोप लागेको छ । वडा नम्बर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले छात्रामाथि यौनजन्य र्दुव्यवहार गरेको आरोप लोगेको हो ।

विद्यालयको कक्षा ६ मा अध्ययनरत दुई छात्रामाथि प्राथमीक तहमा कार्यरत शिक्षक पदम बहादुर वलीले गत आईतवार यौनजन्य र्दुव्यवहार गरेको आरोप लागेपछि विद्यालयलाई मगंलबार सांझ जानकारी गराएको थियो। बुधबार आज विद्यार्थीले कारवाहीको माग गर्दै पठनपाठन बन्द गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?