धारापानी क्षेत्रमा डेढ सय बढि सवारी साधन कारवाहीमा परे

दाङ । दाङ ट्राफिक प्रहरीले विहिवार डेढ सय बढि सवारी साधनलाई कारवाही गरेको जनाएको छ । महाशिवरात्री पर्व भएकाले जिल्लामा ट्राफिक चेकजाँचलाई कडा बनाईएको थियो । सोहि अनुसार जिल्लाको पाण्डवेश्वर मन्दिर धारापानी क्षेत्रमा ट्राफिक चेकजााच गर्दा डेढ सय सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख थम्मन जिसीले जानकारी दिनु भएको छ ।

क्षमता भन्दा बढि यात्रु बोकेको, अव्यवस्थित रुपमा सवारी पार्किङ गरेको, ट्राफिक नियमको पालना नगरेका सवारी चालकलाई कारवाही गरिएको हो । जिल्लाको धारापानी, तुलसीपुरको शितलपुर, जखेराताल लगाएत ९ स्थानमा मेला तथा कार्यक्रम भएकाले विहानै देखी ट्राफिक परिचालन गरी चेकजाँच गरिएको उहाले बताउनु भएको छ ।

जिल्लाभर भिडभाड बढेपनि छिटफुट सवारी दुर्घटना बाहेक अन्य कुनै अप्रिय घटना नभएको ट्राफिक प्रमुख जिसीले बताउनु् भएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =