कविता | जंगलको माया अनी साथ

एक सासले अडेको यो मानिसको जीवन
जब हामी यो धर्तिमा आयौ घरमा उमंग आयो
घर गाउँमा जताततै खुशीयाली नै छायो
जन्मेको त्यो पल देखी तानेको त्यो पहिलो सास
त्यो बिरुवाले दियो हरेक कुराको साथ अनी आस

एक सासले अडेको यो मानिसको जीवन
त्यो रूखको माया हेरी छ धेरै सिक्नु पर्ने
न त केही चाहिन्छ बिरुवालाई सितल छर्न
त्यही बिरुवाले दियो मानिसलाई जिउने आड
अनी जिन्दगी भरी भन्न थाले जंगल जती फाड

एक सासले अडेको यो मानिसको जीवन
तेई बिरुवाले दियो सारा संसारलाई गास अनी बास
हामी मरेर जादा पनी कहिले छोडेन हाम्रो लास
कस्को के बिगारेको थियो र जंगल नस्ट भयो
जब शकिन्छन हाम्रो बन जंगल बुझै हाम्रो दिन गयो

🖋️ धिरज अधिकारी
दाङ , नेपाल
हाल ( अस्टीन , टेक्सास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?