एस युनिट टिम प्रवासी समुह माडी ५ भावाङद्वारा विपन्न परिवारलाइ सहयाेग

राेल्पा । राेल्पाकाे माडी गाउँपालिका ५ भावाङ सरूवामा रहेको यस युनिट टिम प्रवासी समुहले आफ्नाे टोलमा भएका विभिन्न पिडित तथा बिपन्न परिवारलाई राहत बितरण गरेको छ ।

टिमका अध्यक्ष गंगाराम बुढा मगरकाे अध्यक्षता, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य हरिसरा घर्ती मगरको प्रमुख आतिथ्यता र ,माडी गाउँपालिका ५ भावाङका वडा अध्यक्ष भरत बहादुर बुढा मगरकाे विशिष्ट आतिथ्यतामा एक कार्यक्रमका बीच पाँच जना विभिन्न अप्रेसन गरेका पीडित परिवारहरूलाई पाँच पाँच हजार र पाँच जना बिद्यार्थीहरुलाई बर्षभरि पुग्ने गरि शैक्षिक सामाग्री वितरण गरिएकाे टिमका अध्यक्ष गंगाराम बुढा मगरले जानकारी दिनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?