लमहीको ढिकपुरमा आगलागी, ६ घर जले

दाङ । दाङको लमही नगरपालिपका वडा नम्बर ७ दिकुपरमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ । सोमबार विहान १० बजेतिर विद्युत सर्ट भएर आगलागी हुँदा ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी र रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

अहिले आगो नियन्त्रणमा आइसकेको छ। लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकलसँगै पहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । फुसको छाना भएको घरमा आगलागी हुँदा छिटो अन्य घरमा पनि आगो सल्किएको प्रहरीले जनाएको छ। आगलागीबाट घर भित्र रहेको कपडा, खाद्यान्नका साथै फर्निचरका सामान जलेको छ । तर आगलागीबाट कति क्षेति भएको यकिन विवरण भने आउँन बाकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?