१३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोपमा हरिनाश गाउँपालिका-७ अर्गलीका ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका छन्।

थापाले १३ वर्षीया किशोरीलाई  गत कात्तिक १२ गते साँझ बलात्कार गरेको आरोप छ। बलात्कारबाट किशोरी गर्भवती भएकी भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाले उनलाई पक्राउ गरेको हो।

थापामाथि बलात्कार मुद्दामा जिल्ला अदालत स्याङजाबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?