एमाले विवाद : ओली-नेपाल समूहकाे वार्ता सकियो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भेटवार्ता सकिएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफल सकिएको हो।

पार्टीभित्रको विवाद चर्किएको चार महिनापछि दुई पक्षबीच भेटवार्ता भएको हो।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी थिए। नेपाल तर्फबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए।

अध्यक्ष ओलीले पार्टीभित्र एकलौटी गर्न खोजेपछि नेपाल समूह असन्तुष्ट छ। पार्टीभित्रको विवादको कारण एमाले फुटको अवस्थामा पुगेका बेला अध्यक्ष ओलीकै पहलमा संवादको थालनी गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?