रोल्पाको क्यान्सर पीडित बालाराम रोका मगरलाई हिमचुली युवा क्लबबाट आर्थिक सहयोग

रोल्पा । रोल्पा रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ बाग्माका क्यान्सर पीडित बालाराम रोका मगरलाई ४८ हजार ४ सय ६९ रुपैयाँ हिमचुली युवा कल्वका सस्थापक अध्यक्ष सुरज घर्ती मगर र वर्तमान अध्यक्ष साजन कुमार थापाद्वारा आर्थिक हस्तान्तरण गरिएकाे छ ।

उक्त आर्थिक सहयोग संकलन रोजगारको सिलसिला साउदी अरबको एनखालिद कम्पनीमा कार्यरत हिमचुली युवा क्लबका सक्रिय सदस्य पुर्ण बहादुर घर्ती मगर प्रकाश यसै गरि सर्लाही जिल्ला हाल साउदीमै कार्यरत पुर्ण बहादुर कार्की राजकुमारको संयुक्त पहलमा साउदीमा रहेका २७ जना लगाएतको एकमुष्ट रूपमा पठाएको रकम रु ३९ हजार ३ सय १९ रुपैया संकलन गरि पठाएको सुरज घर्तीले बताउनु भयो ।

यसैगरी अमेरिका बाट भुपनारायण घर्ती यसैगरी नेपाल बाटै साजन कुमार थापा,सुरज घर्ती मगर,फत्ते प्रचण्ड घर्ती मगर,जिवराज घर्ती मगर,चोम बिष्ट,चन्द्र रोका मगर लगाएतले एकमुष्ट गरि १० हजार ५ सय रुपैयाँ संकलन भै जम्मा ४८ हजार ४ सय ६९ रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

उक्त आर्थिक सहयोग रकम प्राप्त गरेपछि बालाराम को आमा दुबै जनाले सहयोगी प्रति हार्दिक धन्यवाद व्यक्त अब करिब ९,१० दिनपछि उपचारको लागि अस्पताल जाने समेत रोल्पा पोष्ट कुराकानीमा बताएका थिए।

बालाराम रोका मगरको आर्थिक अवस्था कमजोरी रहेको जानकारी प्राप्त भएपछि हिमचुली युवा क्लबका सस्थापक अध्यक्ष सुरज घर्तीले सक्दो सहयोग को लागि साउदी अरबमा रहेका पुर्ण बहादुर घर्ती संग कुराकानी गरेका थिए त्यसै आधारमा आज यहाँ सम्म आएर सहयोग गर्न पाएकोमा बिदेश बाट सहयोग गर्नुहुने सम्पुर्ण र स्वदेश बाट गर्नुहुने सम्पुर्ण प्रती धन्यवाद व्यक्त गर्नु भएको थियो ।

यसरी बिदेशमा रहेर पनि दुखी पीडितको घाउमा मलम पट्टी बाध्न सफल भएकोमा सहयोगी मनहरु पर्ती आभार प्रकट गर्दै हिमचुली युवा क्लबको तर्फबाट हुन सक्ने सहयोग को लागि पनि अगाडि बढिरहेको अगामी दिनमा पनि यस्तै समाजमा लुकेर रहेका आवाजलाई बाहिर ल्याइ सक्दो सहयोग गर्ने क्लबका अध्यक्ष साजन कुमार थापाले बाताउनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?