रोल्पा रेडियसन बोर्डिङ स्कुल राङ्सीमा शुक्रबारीय अतिरिक्त कार्यक्रम सम्पन्न

राेल्पा । निजी विद्यालयको क्षेत्रमा सर्वाङ्गिन शिक्षा दिदैँ आएको रोल्पा रेडियसन बोर्डिङ स्कुल परिवर्तन २, राङ्सी रोल्पाले साप्ताहिक शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत कार्यक्रम कोडिनेटर दिनेश परियारको संयोजकत्वमा आज सानो कक्षाको लागि तातो आलु प्रतियोगिता र ठुलो कक्षाको लागि छात्रछात्रा दौड प्रतियोगिता एकसाथ सम्पन्न गरेको छ।
बोर्डिङ स्कुलका फाउन्डर तथा प्रिन्सिपल कमल वलीको अध्यक्षताबाट औपचारिकता पाएको कार्यक्रममा सानो कक्षाको लागि “तातो आलु” प्रतियोगिता भएको थियो जसमा प्रथम-वेलसन बुढामगर, दोस्रो-भरत वली र तेस्रो-विन्दास घर्तीमगर भएका थिए भने ठुलो कक्षाको “छात्र १५०० मिटर दौड” प्रतियोगिता तर्फ २० जनाले प्रतिस्पर्धा भएकोमा प्रथम-शिव बाँठामगर, दोस्रो-हिमाल घर्तीमगर र तेस्रो-जीवन वली भएका थिए भने “छात्रा ८०० मिटर दौड” प्रतियोगिता तर्फ १२ जनाले प्रतिस्पर्धा जनाएकोमा प्रथम-पोष्टकली घर्तीमगर, दोस्रो-रेश्मी डाँगी र तेस्रो-करिश्मा वली भएका थिए।
यस बोर्डिङ स्कुलले विद्यार्थीहरुको प्रतिभालाई कदर, सम्मान तथा उचित मुल्यांकन गर्दै प्रत्येक हप्ता नयाँ नयाँ शुक्रबारीय अतिरिक्त क्रियाकलाप गर्दै विद्यार्थीहरुलाई हौसला, प्रोत्साहन र पुरस्कृत गर्दै आइरहेको छ । किताबी कुराले मात्र अरुभन्दा फरक पन, सर्वाङ्गिन र गुणस्तरीय शिक्षा पुरा नहुने भएकोले नियमित अतिरिक्त क्रियाकलाप संचालन गर्नु परेको प्रिन्सिपल वलीको भनाइ रहेको छ ।
शिक्षिका सुन कुमारी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण फाउन्डर शिक्षिका खिमु श्रेष्ठले गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?