तुलसीपुरबाट घोराही आउँदै गरेको बसबाट खस्दा श्रेष्ठ घाइते

दाङ । दाङमा गुडिरहेको बसबाट खसेर सहचालक घाइते भएका छन् । तुलसीपुरबाट घोराही आउँदै गरेको रा १ प २१७५ नम्बरको बसको ढोकामा उभिएका सहचालक तुलसीपुर – १८ दुधरासमा नजिक गुडिरहेको बसबाट खसेर घाइते भएका हुन् ।

घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ बरुगाउँ निवासी २० वर्षीय निरज श्रेष्ठ रहेका छन् ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बस र चालकलालाई बेलझुण्डी प्रहरी चौकीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बसबाट खस्नुको चालकको कुनै गल्ति नभएको यात्रुहरु बताउँछन् । सुस्त गतिमा हिडेको बसमा एक्कासी सहचालक खसेको प्रत्यक्षदर्शी यात्रुहरु बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?