दाङमा स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु

तुलसीपुर । दाङमा स्कुलबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजको बस आज बिहान दुर्घटना हुँदा तुलसीपुर-१६ की १९ वर्षिय सम्झना केसीको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

केसीको तुलसीपुरमा रहेको सिटी हस्पीटल उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ७ जना गम्भिर घाइते भएका छन् । ्गम्भिर घाइतेको कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १९ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस आज बिहान साढे ५ बजेतिर ब्रेक फेल हुँदा तुलसीपुर-१५ को सरैयामा दुर्घटनामा परेको हो ।

यस अघिको समाचारमा प्रहरीले नै गलत सुचना दिएको हँदा अन्यथा भएकोले सच्याएका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?