२०७८ सालमा कहिले-कहिले सार्वजनिक बिदा ? (सूचीसहित)

काठमाडौं । सरकारले आगामी वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ । सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार पर्व बिदाको रूपमा ७ दिन बिदा दिने निर्णय गरिएको छ । यो साल फागु पूर्णिमा लगायत केही कटौती भएका पर्वमा समेत पुन: बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै, गाईजात्रा, इन्द्रजात्रा, भोटो जात्रा र घोडेजात्रा गरेर काठमाडौं उपत्यकामा ४ दिन जात्रा बिदा दिइएको छ ।

यो वर्ष असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन बिदा दिइएको छ भने तिहारमा भाइटीकाको अवसरमा कात्तिक १८ गतेदेखि कात्तिक २० गतेसम्म तिहार बिदा दिइएको छ ।

यसबाहेक विभिन्न जातिविशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिइएको छ । बिदाहरुको सूची तल उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?