अखिल (क्रान्तिकारी) दाङले जारी गर्यो शोक बक्तब्य

दाङ । बिप्लब निकट अखिल (क्रान्तिकारी) दाङले आज बिहान ज्ञानज्योती माध्यमिक विद्यालयले बिद्यार्थी लिएर बिद्यालय जाँदै गरेको स्कुल बस दुर्घटनाको विषयमा शोक बक्तब्य जारी गरेको छ ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका १८ गनेशपुर निवासी १९ वार्षिय सम्झना केसीको उपचारको क्रममा भएको दुखद निधन र २९ जना बिद्यार्थीहरु घाइते भएको घटनाले संगठनलाई दुखी एबम स्तब्ध बनाएको संयोजक अनिल केसी हस्ताक्षरित बक्तब्यमा उल्लेख गरिएको छ । त्यस्तै दुर्घटनामा ज्यान गुमाउने सम्झना केसि प्रती भाबपुर्ण श्रद्धाञ्जली शोकाकुल परिवारजन प्रती गहिरो समबेदना,घाइते बिद्यार्थीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बिज्ञप्तिमा मृतक सम्झना केसिको परिवारलाइ उचित क्षतिपूर्ति दिन, घाइते बिद्यार्थीहरुको उपचार निशुल्क गर्न र घटनाको सत्यतथ्य सार्बजनिक गर्न सम्बन्धित पक्षलाइ अनुरोध गरिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =