हामीले कम्युनिस्ट आन्दोलनविरोधी दलाललाई नै पार्टी अध्यक्ष बनाएछौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुनबाट रोक्नका लागि ठूलो षड्यन्त्र भएको बताएका छन्।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले राजनीतिक स्थायित्वको लागि शान्ति सम्‍झौता र संविधान संविधानसभाको घोषणा गर्दै बाम गठबन्धनको चुनाव हुँदै कम्युनिस्ट पार्टीको एकतासम्म गरेका थियौँ। तर, त्यसलाई सफल हुन दिइएन।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै बाह्य शक्तिको दलाल भएको आरोप लगाए। उनले भने, ‘हामीले कम्युनिस्ट एकता चाहेका थियौँ। तर, दक्षिणपन्थी शक्तिले पार्टीको अर्को अध्यक्षलाई नै दलालको रूपमा प्रयोग गरिएको रहेछ।’

उनले प्रतिनिधिसभा पुनःस्थापना भएपछि एउटा व्याटल जितेको भए पनि अझै संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको बताए।

‘प्रतिनिधिसभा विघटनको विरुद्धमा सडकमा जनता आएपछि सर्वोच्चले पुनःस्थापना गरिदियो। त्यहीबेला त हामीले एउटा व्याटल त जितेका थियौँ। जनताको कुरा अदालतले सुन्यो’ उनले भने, ‘फेरि अदालतको अर्को निर्णयपछि अस्वाभाविक आएको छ। हामीलाई त्यसले गम्भिर भएर सोच्न बाध्य बनाएको छ।’

राजनीतिक स्थायित्वको बाटोमा मुलुकलाई कसरी लैजाने भन्ने विषयमा अहिले सबैले सोच्नुपर्ने बेला आएको समेत बताए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =