दाङमा पनि जनगणनाको तयारी तिव्र

दाङ । दाङमा जनगणनाका लागी आवश्यक पर्ने सामग्री आईपुगेको छ । जिल्ला तथ्याङ्क कायालर्य दाङमा जनगणनाका लागि आवश्यक पर्ने कायालय सामग्री तालिम सामग्री, प्रश्नावली, सेनिटाइजर लगायत सामग्री आइपुगेका छन् ।

चैत १ गते जनगणनाका लागि कार्यालय स्थापना भएसंगै सामान पनि आउन थालेका हुन् । हाल प्रदेशमा सुपरिवेक्षक र गणकलाई तालिम दिनका लागि प्रशिक्षक तयार गरिदैछ । यस्तै चैत ९ गतेबाट सुरु भएको तालिक १५ गते सम्म संचालन हुनेछ । तालिममा जिल्लाबाट २९ जना सहभागी भएका छन् ।

जसमा शिक्षक तथा कर्मचारीहरु रहेको कार्यालय प्रमख तुलसीराम पोखेलले बताउनुभयो । दाङसहित देशभर १२ औं राष्ट्रिय जलगणनाको तयारी तीव्र पारिएको तथ्यांक कार्यालय दाङका प्रमुख पोखेलले जानकारी दिनुभयो ।

विभागले देशभर करिव ३९ हजार गणक नौ हजार सपरिवेक्षक करारमा नियक्त गरी परिचालन गर्न लागेको छ । दाङमा नौ सय छ जना जनगणनामा खटिने भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?