आज दाङका दुई जनामा कोरोना पुष्टी

दाङ । आज दाङका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परिक्षण गर्दा तुलसीपुरका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

घोराहीमा बस्दै आएका तुलसीपुरका २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको हो । संक्रमण पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र १७ का २ महिलाहरु रहेका छन् । यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ८ सय २२ पुगेको छ । तर, सक्रिय भने आज थपिएका दुई संक्रमित मात्रै हुन् ।

कोरोनाको संक्रमणदर वढ्दै जाने देखिएकाले सवैलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह स्वाथ्य कार्यालय दाङले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?