सुनछहरी गाउँपालिकाद्वारा शाखा प्राथमिक विद्यालय भवनको निर्माण कार्य अनुगमन

राेल्पा । सुनछहरी गाउँपालिका वडा नम्बर १ फुलिबन,सेरम रोल्पाको शाखा प्राथमिक बिधालय भवनको निर्माण कार्य अनुगमन गरिएकाे छ ।

गाउँपालिका उपाध्यक्ष पबित्रा घर्तीमगरको संयोजकत्वमा गरिएको हाे । अनुगमन क्रममा उपाध्यक्ष घर्तिमगरले  जिल्लामै प्राथमिक तहमा पक्की बिधालय भवन निर्माण हुनुमा आफै लाई गौरव लागेको बताउनु भएको छ । साथै काम पनि तिव्र गतिमा अगाडि बढिरहेकोले ठेकदारलाई धन्यवाद दिनु भएको छ भने कामदारहरुलाई सुरक्षित तरिकाले काम गर्न अनुरोध गर्नु भएको छ ।

साथै आज भवनको पहिलो तला ढलान गरिएको छ भने ढलान कार्यमा ज्यामीहरु बिहाननै देखी लागिरहेका छन। बिधालय भवन दुई तल्लाको ८ कोठे भवन बन्न लागेको प्रधानाध्यापक खिमबहादुर बिष्टले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?