दाङमा जनगणनाको तयारी तिब्र

दाङ । राष्ट्रिय जनगणना २०७८ को दाङमा तयारी तिब्र पारिएको छ। जिल्ला तथ्यांक कार्यालय दाङले जनगणनाका आगि आवश्यक पर्ने सामग्री, जनशक्ति लगायतको तयारी गरेको हो ।

हाल प्रदेशमा सुपरिवेक्षक र गणकलाई तालिम दिनका लागि प्रशिक्षक तयार गरिदैछ । यस्तै चैत ९ गतेबाट सुरु भएको तालिम १५ गते सम्म संचालन हुनेछ ।

तालिममा जिल्लाबाट २९ जना सहभागी भएका छन् । जसमा शिक्षक तथा कर्मचारीहरु रहेको कार्यालय प्रमख तुलसीराम पोखेलले बताए ।

जिल्ला तथ्याङ्क कार्यालय दाङमा जनगणनाका लागि आवश्यक पर्ने कायालय सामग्री तालिम सामग्री, प्रश्नावली, सेनिटाइजर लगायत सामग्री आइपुगेका छन् । चैत १ गते जनगणनाका लागि कार्यालय स्थापना भएसंगै सामान पनि आउन थालेका हुन् ।

दाङसहित देशभर १२ औं राष्ट्रिय जलगणनाको तयारी तीव्र पारिएको तथ्यांक कार्यालय दाङका प्रमुख पोखेलले जानकारी दिए ।

विभागले देशभर करिव ३९ हजार गणक नौ हजार सपरिवेक्षक करारमा नियुक्त गरी परिचालन गर्न लागेको छ । दाङमा नौ सय छ जना जनगणनामा खटिने भएका छन् ।

जिल्लामा ७ वटा इलाका जनगणना कार्यालय रहने भएका छन् । जनसंख्यालाई आधार मानेर जनगणनाका कार्यालयहरु स्थापना गरिने भएको हो ।

जिल्लामा बैशाख १ गते देखि इलाका जनगणना कार्यालय स्थापना गर्ने तयारी गरिएको प्रमुख पोख्रेलले बताए । बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकालाई हेर्ने गरी बबई गाउँपालिकामा इलाका कार्यालय रहने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा २ वटा इलाका कार्यालय रहने छन् । तुलसीपुरमा स्थापना भएका कार्यालयले तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा हेर्ने छ ।

घोराही उपमहानगरपालिकामा २ वटा इलाका कार्यालय स्थापना हुने भएका छन् । घोराहीमा स्थापना भएका कार्यालयले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका हेर्ने भएको छ ।

लमही नगरपालिकामा रहने इलाका कार्यालयले लमही नगरपालिका र राप्ती गाउँपालिका हर्ने छ । त्यसैगरी गढवा गाउँपालिका रहने कार्यालयले गढवा गाउँपालिका र राजपुर गाउँपालिका हेर्ने गरी गढवामा कार्यालय स्थापना गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?