दाङमा राष्ट्रिय परिचयपत्र वितरणमा ५ हजार बढिको आवेदन

दाङ । नागरिकको विवरणलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य अनुसार सुरु भएको कार्यक्रममा दाङका ५ हजारले सहभागिता जनाएका छन् । नौ महिना अघि शरू भएका कार्यक्रममा सहभागि भएका ५ हजार जनाले परिचय पत्र भने अझै पाइसकेका छैनन् ।

गएको साउन १८ गते जिल्ला प्रशासन कायालयमा पुगेर घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले आवेदन भरेर शुरुवात गर्नुभएको कार्यक्रममा साउनदेखि चैत्रको १० गतेसम्म पाँच हजार ८८ जनाले आवेदन भरी सकेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन केन्द्र दाङका अनुसार पहिलो महिना साउनमा एक सय ३४ जनाले आवेदन भरेका थिए । यस्तै भदौमा १३९, असोजमा ४१०, कात्तिकमा ३५८, मंसीरमा ८७३ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन भरेका थिए ।

यस्तै पुसमा ८७८ जना , माघमा ९७१ पmागुनमासबैभन्दा धेरै ९७८ जनाले आवेदन भरेका छन् । यस्तै चैत्र महिनामा तीन सय ४७ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन भरिसकेको केन्द्रका सुपरभाइजर दीपेन्दकुमार पाण्डेले जानकारी दिनु भयो ।

उहाँका अनुसार वितेको नौ महिनाको अवधिमा दुई हजार ९८ जना महिला र दुई हजार ९९० जना पुरुष गरी पाँच हजार ८८ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?