नेकपा एमालेमा प्रबेश गरेको कुरा गलत हो: दुर्गा

  • हेमन्त प्रकाश ओली

दाङ । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युबा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत तुलसिपुर उपमहानगरपालिका वडा नं. ७ संयोजक दुर्गा बि.क.ले आफू बिप्लब परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेको भनी सामाजिक सन्जालमा गरिएको प्रचार प्रती गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ।

प्रेस बिज्ञप्ति जारी गर्दै उहाले आफ्नो नाम र फोटो जोडि नेकपा एमालेमा पार्टी प्रवेश गरेको भनी आएको कुरामा गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीको कुनैपनी जानकारी नगरी ,कार्यक्रमको उदेश्य नै नभनी युबाहरुलाइ जम्मा गर्न लगाइ पार्टी प्रबेश गरेको भनी गरिएको प्रचार गलत हो बिज्ञप्तिमा भनिएको छ।

उहाले आफू नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युबा संगठन नेपालमा बिगत लामो समयदेखी कामकाज गर्दै आएको कुरा जानकारी गराउदै कुनैपनि पार्टी प्रबेश नगरेको र सोही युबा संगठन नेपालमा रहि कामकाज गरिरहेको कुरा बिज्ञप्तिमा जानकारी गराउनुभएको छ।

प्रेस बिज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?