घोराहीका दुई जना भरुवा बन्दुकसहित पक्राउ

दाङ । घोराहीका दुई जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । दाङ प्रहरीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका १२ चम्पाखेल भलानेरी सृजना सामुदायिक वनस्थित जंगलमा शिकार खेल्ने क्रममा ५१ वर्षिय टेक बहादुर गुरुङको मृत्यु भएको घटनामा संलग्न दुई जनालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

पक्राउ पर्नेमा घोराही १३ निवासी ३५ वर्षिय मधु शर्मा र सोही ठाउँ निवासी २७ वर्षिय भिम घर्ती रहेका छन् । उनीहरुको साथबाट ४ फिट ८ इन्च लम्बाई भएको भरुवा बन्दुक एक थान बरामद गरेको दाङ प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?