लक्ष्मी प्राथमिक विद्यालय सुनछहरी गाउँपालिकामा शिक्षक बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न

राेल्पा । लक्ष्मी प्राथमिक विद्यालय सुनछहरी गाउँपालिका वडा नम्बर-५ थनबाङमा शिक्षक बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जसमान बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक एवं बिधालयका सस्थापक रिमु सुबेदीको प्रमुख आतिथ्यता रहेको भने अन्य अतिथिहरुमा पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेरम बिष्ट ,हर्क बहादुर खत्री,समाजसेवी एवं बुद्धिजीवीहरु पुस्तबहादुर खत्री,कर्णबहादुर बिष्ट,तिलबहादुर बिष्ट जयबहादुर बिष्ट, नवसिर्जनशील युवा क्लब थनबाङका सचिव प्रेमबहादुर बिष्ट लगाएतको आतिथ्यता रहेको थियो।

बालबिकास शिक्षकको रुपमा अध्यापन गर्दै आएका जुनिस कुमार बिष्ट लाई बिदाई गरिएको छ भने बिदाई भएर गएका शिक्षकको ठाउँमा आउनु भएका सरिता घर्तीमगर बिष्टलाई स्वागत गरिएको बिधालयका प्रधानाध्यापक बिष्णुप्रसाद न्यौपानेले बताउनु भयो ।

विद्यालयबाट बिदाई भएर जाने शिक्षक जुनिस कुमार बिष्टले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भन्नू भयो आफू उच्च शिक्षा पढ्ने क्रममा आफु पैसाकोलाई नभएर इज्जतलाई संमान गरि शिक्षाको तल्लो तहमा रहेर अध्यापन गरेको र आफू शिक्षक भएर यस बिधालयमा अध्यापन गरेको र अहिले यस बिधालयमा अध्यापन गर्दा आफ्नो चौतर्फी बिकास भएको बताउदै आफू शिक्षक भएर छिमेकी गाउँ गए पनि शिक्षा र पत्रकारीताको लाईन नछाड्ने बताउदै यस विद्यालयमा रहँदा सहयोग गर्न विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक , शिक्षक कर्मचारी बिद्यार्थीहरु लाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

बिदाई भएर जाने शिक्षक बिष्ट यस विद्यालयमा २०७१ साल भदौ देखि बालबिकास शिक्षकमा रहेर करिब ६ वर्ष अध्यापन गर्नु भएको थियो ।अहिले सुनछहरी गाउँपालिका वडा नम्बर १ फुलिबनको शाखा प्राथमिक बिधालयमा करार शिक्षकको रुपमा कार्यरत रहनु भएको शिक्षक बिष्टले बताउनु भयो ।

साथै नयाँ आउने शिक्षीका सरिता घर्तीनगर बिष्टले आफुले विद्यालयमा रहेर बालबालिकाहरुलाई दिईने शिक्षामा कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएकोछ । कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका शिक्षिका सरिता घर्तीमगर बिष्टले गर्नु भएको थियो भने संचालन निमित्त प्रधानाध्यापक बिष्णुप्रसाद न्यौपानेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?