अध्यक्ष पदमा केसीलाई अघि सार्ने चौतारीको निणर्य

दाङ । नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि प्रेस चौतारी दाङले अध्यक्ष पदको उमेदवारमा दुर्गालाल केसीलाई अघि सारेको छ । चौतारीका सल्लाहकार सविन प्रियासनको नेतृत्वको उमेदवार छनौट समितिले आगामी चैत २५ मा हुन लागेको निर्वाचनका लागि अध्यक्षको उमेदवारमा केसीलाई अघि सारेको हो ।

चौतारीको आज बाह्रकुने दह परिसरमा बसेको भेलाले केसीलाई अध्यक्ष पदका लागी अघि सारेको हो । प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षता तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

चौतारीले अध्यक्ष पदका लागी उमेद्ववारको टुंगो लगाएपनि अन्य पदको उमेदवार अझै टुंगो लगाएको छैन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =