त्रिदेशीय फुटबल फाइनल : नेपाललाई पहिलाे हाफमा २– ० काे अग्रता

काठमाडाैं । त्रिदेशीय फुटबल प्रतियाेगिताकाे फाइनल खेलकाे पहिलाे हाफमा नेपालले बङ्गलादेशविरुद्ध दुई–शून्यकाे अग्रता लिएकाे छ ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालमा भइरहेकाे खेलमा नेपालले अग्रता बनाएकाे हाे ।  नेपालका लागि खेलकाे १८ औँ मिनेटमा सन्जाेक राईले र ४२ औँ मिनेटमा विशाल राईले गाेल गरे ।

नेपाल यसअघि किर्गिस्तान र बङ्गलादेशसँगकाे खेलमा बराबरी खेल्दै फाइनलमा पुगेकाे हाे ।

नेपालले आठौँ अन्तर्राष्ट्रिय खेलपछि पहिलो गोल गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?