रोल्पा दरबोट बजारमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

राेल्पा । ग्लोबल आइएमई बैंकले रोल्पाको दरबोट बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या २५७ पुगेको बैंकले जनाएको छ । यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गर्नुभएकाे हाे ।

शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ्ग सेवा लिन सक्ने बैंककाे अपेक्षा छ ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, यूटीएल, टेलिकमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?