नेपाल पत्रकार महासंघ ६६ औं स्थापना दिबस रोल्पामा पनि मनाइयो

राेल्पा । नेपाल पत्रकार महासंघ ६६ औं स्थापना दिबस सदरमुकाम लिबाङमा मनाइएको छ । नेपाल पत्रकार महासंघ रोल्पाको आयोजनामा लिबाङ बजारको लोकतान्त्रिक चोक बाट प्रभात फेरिको आयोजना गरी टुडिखेलमा पुगेर कोण सभामा परिनत भएको थियो । उक्त कोण सभामा नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, पुर्ब अध्यक्ष खेम बहादुर बुढा मगर, पाचौँ कार्यकालका प्रथम अध्यक्ष मानसिङ बिकले शुभकामना मनतब्य राख्नु भएको थियो ।

उक्त प्रभातफेरि कार्यक्रमा जिल्ला स्थित पत्रकारका बिभिन्न संघ संगठनका प्रमुख प्रतिनिधी, जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रमा स्वर्गीय हिमकान्त गन्र्धभ स्मृती पत्रकारिता पुरस्कार २०७७ बाट जुनकिरी सञ्चार साप्ताहिकका प्रकाशक, सम्पादक एवंम नेपाल प्रेस यूनियन रोल्पाकी निर्बतमान सभापति कबिता उपाध्याय सम्मानित समेत भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले जानकारी दिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =