जन्मदिनको अवसरमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

राेल्पा । प्याव्सन रोल्पाका सदस्य एवं रोल्पा रेडियसन बोर्डिङ स्कुल राङ्सी रोल्पाका फाउन्डर तथा प्रिन्सिपल कमल ओलीले आफ्नो जन्मदिनकाे अवसरमा एक जना ब्लड क्यान्सर पीडितकाे उपचारार्थ आर्थिक सहयोग रकम सहयाेग गर्नुभएको छ ।

जन्मदिनको अवसरमा उहाँले माडी गाउॅंपालिका-२ घर्तीगाउॅं निवासी ब्लड क्यान्सर पीडित विवेक घर्तीमगलाई आर्थिक सहयोग गर्नुभएको हो  ।

उहाँको उपचारका लागि सहयोग पुगोस् भनेर २ हजार ७ सय २७ रुपैयाँ आर्थिक सहयोग गरेको ओलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?