ज्वाँइले गराँसी प्रहार गर्दा जेठान गम्भिर घाइते

दाङ । तुलसीपुरमा गएराति ज्वाँइले गराँसी प्रहार गर्दा जेठान गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बहिनी ज्वाँइ नाता पर्ने २८ बर्षका पोषण विकले सामान्य विवाद हुँदा जेठान तुलसीपुर उपमहागनरपालिका–७ हात्तीखौवा निबासी ३५ बर्षका लोक बहादुर विकलाई गराँसी प्रहार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माल जानकारी दिनुभयो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको उहाले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार घटना लगतै घाईते विकका बहिनीज्वाँई फरार भएका छन् । घटना गएराती पौने ११ बजे भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?