बिहानैदेखि बन्द दाङको सार्वजनिक यातायात दिउँसो संचालन आउने

दाङ । दाङमा बिहानैदेखि बन्द रहेको सार्वजनिक यातायात दिउँसो १ बजेपछि संचालनमा आउने भएका छन् ।

आज बिहान जिल्ला प्रशासन कार्यालय घोराहीमा भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलेले माग पुरा गराउन समन्वय गर्ने सहमती गरेपछि यातायात मजदुरहरु बन्द यातायात संचालनमा ल्याउन सहमत भएका हुन् ।

प्रमुख जिल्ला अधिकारीले दुई साताभित्र माग सम्बन्धित पक्षसंग समन्वय गरी माग पुरा गराइदिने सहमती भएपछि बन्द यातायात दिउँसो १ बजेपछि संचालनमा ल्याउने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशबबहादुर भण्डारीले बताउनुभयो ।

उचित पारिश्रमिकसहितका विभिन्न चारबुदे माग राख्दै मजदुरहरुले मंगलबार आज बिहानै देखि सार्वजनिक सवारी साधन ठप्प पारेका थिए । मजदुर संगठनले राखेका चारबुँदै माग पुरा हुने भएपछि बन्द खुल्ने भएको हो ।

यातायात मजदुर तथा बुकिङका कर्मचारीले लामो समयदेखि पाउन नसकेको तलब भत्ता पाउनुपर्ने, नेपाल सरकारले मजदुरहरुको पक्षमा लागु गरेको सामाजिक सुरक्षा कोष लागु गर्नुपर्ने, नेपाल यातायात राष्ट्रिय महासंघ र तीन वटै ट्रेड युनियन बिच भएको सहमती कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?