तुलसीपुरमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिदा एकजना घाइते

तुलसीपुर । तुलसीपुरमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिदा एकजना घाइते भएको प्रहरीले बताएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्क स्थित दोघरेबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ प ५३५१ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जादै गरेको भे ३ च ७३४ नम्बरको ट्याक्सीले ठक्कर दिदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ पहेलपार निवासी नेत्र बहादुर के.सी घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिब बहादुर सिंहले जानकारी दिनुभएको छ ।

के.सीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ । ट्याक्सीले मगंलबार दिउसो ३ बजेतिर ठक्कर दिएको हो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =