राेल्पा हर्जङको सालघारी लिवाङको जंगलमा भीषण आगलागी

राेल्पा । रोल्पाको लुङग्री गाउँपलिका वडा नं ७ हर्जङको सालघारी लिवाङको जंगलमा भीषण आगलागी भएकोे छ । मंगलबार दिउँसो करिब २ बजेतिर भएको आगोलागीका कारण जंगलहरु खरानी बनेका छन ।


आगो निभाउन प्रहरी चौकी गुम्चाल र सुलिचौर देखि गएको प्रहरी टोली, जनप्रतिनिधि तथा स्थानीयवासिको प्रयास भएपनि आगो नियन्त्रण बाहिर रहेको वडा अध्यक्ष कर्ण बहादुर रोकाले जानकारी दिनुभयो ।

अग्नी रेखा कोरेर आगो निभाउने प्रयास भएपनि आगो नियन्त्रण बाहिर रहेको तथा आगो गाउँ पस्न सक्ने सम्भावना भएकोले उच्च सतर्कता अपनाइएको र अत्ति आवश्यक सामानहरु सुरक्षित ठाउँमा सारिएको अध्यक्ष रोकाले बताउनुभयो । आगो कसरी लाग्यो भन्नेबारे बिस्तृत विवरण आउन बाँकी रहेको वडा अध्यक्ष रोकाले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?